

आज आइपिएल अक्सन, ७७ खेलाडी बिक्री हुने

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं सिजनको मिनी लिलामी मंगलबार हुँदैछ । अक्सन दुबईको कोका-कोला एरिनामा दिउँसो १ बजे सुरु हुने छ ।
आइपिएलका १० फ्रेन्चाइज टोलीका लागि भारतीय तथा विदेशी गरी कुल ३ सय ३३ खेलाडीमा बोली लाग्ने छ । अक्सनमा १० टोलीमा जम्मा ७७ खेलाडीको ठाउँ खाली रहेको छ । जसका लागि सम्पूर्ण टोलीसँग कुल २ सय ६२.५ करोड भारतीय रुपैयाँ रहेको छ ।
गुजरातमा सबैभन्दा बढी ३८.१५ करोड भारतीय रुपैयाँ रहेको छ। कोलकातामा सबैभन्दा बढी १२ खेलाडीको कोटा बाँकी छ ।
यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

