


उपत्यकामा वर्षकै चिसो दिन आज

काठमाडौं — काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ ।
मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष यो तापक्रम अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ ।
यसअघि यो वर्ष मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो (सोमबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो ।

