उत्तर–पश्चिम चीनमा भूकम्प, ९५ जनाको मृत्यु


काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ ।

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको हो ।

२२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।

आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।

प्रतिक्रिया