नोभेम्बरमा भारतको निर्यात १.२३ प्रतिशतले वृद्धि


एजेन्सी – नोभेम्बरमा भारतको समग्र निर्यात करिब ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ।

संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो गत वर्षको तुलनामा १.२३ प्रतिशतले बढेको हो।

गत वर्षको सोही अवधिमा १४ अर्ब ३६ करोड डलरको तुलनामा अप्रिलदेखि नोभेम्बरसम्ममा विद्युतीय वस्तुको निर्यात २३.५६ प्रतिशतले बढेर १७ अर्ब ७४ करोड डलर पुगेको छ।

अप्रिलदेखि नोभेम्बरसम्मको समग्र व्यापार घाटा गत वर्षको १०० अर्ब ३८ करोड डलरको तुलनामा यो वर्षको सोही महिनामा ३८.७९ प्रतिशतले बढेर ६१ अर्ब ४४ करोड डलर पुगेको छ।

व्यापार घाटा पनि अप्रिल–नोभेम्बर २०२२ को १८९.२१ बिलियन डलरबाट सन् २०२३ को अप्रिल–नोभेम्बरमा १६६.३५ बिलियन डलरमा पुगेको छ।

प्रतिक्रिया