सर्वोच्चका प्रस्तावित न्यायाधीशको आज सुनुवाई सकिँदै, आज अनुमोदन हुने


काठमाडौं – सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ ।

सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो ।

सोमबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ।

योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ।

यसअघि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ।

प्रतिक्रिया