कुवेतका अमिरको निधनमा नेपालमा आज शोक मनाइने, झन्डा आधा झुकाइने


काठमाडौं – कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले आज (सोमबार) एकदिने शोक मनाउने भएको छ ।

आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको स्मृतिमा शोक मनाइने जनाएको हो ।

मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

प्रतिक्रिया