

उखु किसानले पाउने भए बक्याैता ५२ करोड

काठमाडौं — उखु किसान बक्याैता भुक्तानी पाउने भएका छन् । सरकारले दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेपछि उनीहरूले रकम पाउने भएका हुन् ।
आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिव लगायत उपस्थित रहेका थिए ।

