
दुर्लभ बन्यजन्तु सालकको खपडासहित ३ कारोबारी पक्राउ
काठमाडौं – काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले राजधानीको पेप्सीकोलाबाट दुर्लभ वन्यजन्तु सालकको खपडा बेच्दै हिँडेका ३ जनालाई पक्राउ गरेको हो ।
कार्यालयले टोलीले गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेकोखुट्टाको नंग्रा सहितको सालकको खपडारछाला जस्तो देखिने बस्तु सहित पक्राउ गरेको हो ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला गौरीशंकरका अमृत लामा, सोही जिल्ला जिरी नगरपालिकाका विशाल बस्नेत र सोही ठाउँका सुकविर तामाङ छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय, हात्तिसार पठाईएको पनि कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जनाए ।



कागजपत्र |
