

मोटरसाइकल दुर्घटना हुँदा एमाले नेता कहारकाे मृत्यु

नवलपरासी: नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कहार रहेका छन् ।
बर्दघाटबाट त्रिवेणीस्थिति आफ्नै निवासमा फर्किँदै गर्दा लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४८ वर्षीय कहारको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।
घाइते कहारलाई उपचारका लागि शहीद स्मृति सामुदायिक अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

