सुर्यविनायकबाट पेस्तोल र खैरो हेरोइनसहित दुई जना पक्राउ


काठमाडौं- अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सुर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।

उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र लागुऔषध खैरौ हेरोइन ५ ग्राम फेला परेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

दुवै जनालाई लागु ‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको बताइएकाे छ ।

प्रतिक्रिया