पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङमा विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा गर्दै


काठमाडौं-  पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम  पुन: खुलाएको छ । विद्यार्थी अपुग भएपछि एक सूचना जारी गर्दै विश्वविद्यालयले रिक्त रहेको सिटका लागि फाराम खुलाएको जानकारी दिएको हो ।

‍सूचना अनुसार इन्जिनियरिङ संकाय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित स्नातक तहका सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्प्युनिकेसन एन्ड अटोमेसन, जियोमेटिक, बायोमेडिकल र आर्किटेक्चरमा विद्यार्थी अपुग छ । त्यही रिक्त सिटका लागि विश्वविद्यालयले पुस २१ गते शनिवार प्रवेश परीक्षा गर्न लागेको हो ।

प्रतिक्रिया