

सुर्तीजन्य पदार्थ बेचबिखन गरे पसल बन्द गर्ने महानगरको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।
काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति,खैनि,गुट्टका,सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।

