रुसी सेनामा भर्ना भएकालाई फिर्ता ल्याउने प्रयास भइरहेको छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई फर्काउने पहल भइरहेको बताएका छन् ।

काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई सकुशल नेपाल फर्काउनले हरसम्भव प्रयास भइरहेको बताएका हुन् ।

‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ’ उनले भने, ‘त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।’

नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणबाट नेपाली युवाले विदेशमा अनेक हन्डर खाइरहेका उनले बताए ।

प्रतिक्रिया