खोटाङलाई मदिरा उत्पादनको केन्द्र तोक्न ओलीलाई ज्येष्ठ नागरिकको सुझाव


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खोटाङका ज्येष्ठ नागरिकहरूले मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिने सुझाव दिएका छन् ।

एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोक मार्ग अन्तरगत झुला घाट चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुगेका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने र यसका लागि आवश्यक व्यवस्था मिलाउन ज्येष्ठ नागरिकहरूले सुझाव दिएका हुन् ।

ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अध्यक्ष ओलीलाई अनुरोध पत्र बुझाउँदै खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गएको बताएका छन् ।

अनुरोध पत्रमा बाहिरबाट मदिरा आयात भइरहेकाले अब यस्तो कार्य बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन सुझाव दिएका छन् ।

 

प्रतिक्रिया