
गाँजासहित महिला पक्राउ
काठमाडौं- प्रहरीले लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीया इन्दिरा श्रेष्ठ छिन् ।
काठमाडौँ महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित विष्णुमती करिडोरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनको साथबाट १ सय ९० ग्राम गाँजा बरामद गरिएको छ ।
उनको किराना पसलमा लागूऔषध बिक्री वितरण गरिएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
