
वायु सेवा नियमका अधिकृत फर्जी कागजात बनाएर विदेश पठाउने कार्यमा संलग्न !
काठमाडौं- फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।
भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो ।
सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
उपत्यका अपराध अनुसन्धान कार्यालयले एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
