
झम्सिखेलमा गाेली चल्याे, एक जना पक्राउ
काठमाडौं – ललितपुरको झम्सिखेलमा गोली चलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै जाँदा भाग्न खोजेपछि गोली हानेर एकजनालाई पक्राउ गरेको हो ।
गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।
उनको विस्तृत विवरण अहिलेसम्म खुलेको छैन ।



कागजपत्र |
