
सीटीइभीटीको सदस्य सचिवमा ३ जना सिफारिस
काठमाडौं– प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीको सदस्य सचिवका लागि ३ जनाको नाम सिफरिस भएको छ ।
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल संयोजकत्वको सिफारिस समितिले महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
उनीहरू तीनै जना सीटीइभीटीका निर्देशन हुन् भने भट्टराई निमित्त सदस्य सचिवको जिम्मेवारीमा छन् ।



कागजपत्र |
