
हर्क साम्पाङले भेटे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
मेयर साम्पाङले उक्त अवसरमा धरानको विकास र समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै प्रस्तावित विमानस्थलको बारेमा पनि छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको निवास बालुवाटारमा भएको भेटघाटमा मेयर साम्पाङसहित उपमेयरलगायतको उपस्थिति रहेको थियो ।



कागजपत्र |
