

आज पश्चिम नवलपरासीको रामग्राम आउँदै प्रधानमन्त्री प्रचण्ड

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम आउने भएका छन् ।
रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा यहाँ विशेष कार्यक्रम हुन गइरहेको हो ।
कार्यक्रम बिहान ९ बजे शुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताए ।
प्रधानमन्त्री प्रचण्डसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।
रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र २६ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

