

२२ जनाको ज्यान लिएको ध्रुवे हात्तीमा जोडियो तेस्रोपटक रेडियो कलर

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जमा उपद्रो मच्चाउँदै आएको जंगली हात्ती ध्रुवेको शरीरमा रेडियो कलर जोडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाको संयुक्त पहलमा निकुञ्जको सुकेभार पोष्टबाट ३०० मिटर पूर्वमा डार्ट गरी ध्रुवेलाई नियन्त्रणमा लिइएको हो।
आजै हात्तीको दाह्रा काटेर घाँटीमा रेडियो कलर जडान गरी छाडिएको निकुञ्जले जनाएको छ। ध्रुवेको घाँटीमा रेडियो कलर राखिएको यो तेस्रो पटक हो।
ध्रुवेले विगतदेखिनै चितवन निकुञ्ज आसपास क्षेत्रमा मान्छे मार्नुका साथै धनजनको क्षति गर्दै आएको थियो। उसले २२ जनाको ज्यान समेत लिइसकेको छ।

