छात्रालाई यौन दुर्व्यवहार गर्ने सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ


सिन्धुपाल्चोक – आफैंले पढाउने दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ शिक्षक पक्राउ परेका छन्।

जिल्लाको इन्द्रावती–६ को कमलादेवी माविका दुई शिक्षकहरुले सोही विद्यालयमा अध्ययनरत १४ वर्षका दुई छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

ती दुई छात्राहरुले निवेदन दिएपछि सोही विद्यालयका शिक्षकहरू सुरेन्द्र कोइराला (वर्ष ४५) र कविराज पौडेल (४९ वर्ष)लाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै शिक्षकलाई जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया