सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न –दरबार हत्याकाण्डको दोषी पत्ता लगाउन कसले रोक्यो ?


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा दरबार हत्याकाण्डको दोषी भए स्विकार गर्ने बताएका छन् ।

राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दरबार हत्या काण्डको छानविन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्न चुनौति दिएका हुन् ।

‘पुर्वराजालाई दरबार हत्याकाण्डको दोष लगाइरहेका छन् । १६ वर्ष भयो । राष्ट्रपति उहाँहरूकै । सेनाको प्रमुख उहाँहरूकै । प्रहरीको प्रमुख उहाँहरूकै । अदालत उहाँहरूकै । व्यवस्था उहाँहरूकै। तीनपटक प्रचण्ड प्रधानमन्त्री हुने । दुई पटक केपी ओली प्रधानमन्त्री हुने । १६ वर्षदेखि शेरबहादुर देउवा प्रधानमन्त्री भाको-भयैँ छन् । अनि यिनिहरूलाई दरबार हत्याकाण्डको दोषी पत्ता लगाउन कस्ले रोक्यो ?’ उनले प्रश्न गरे ।

 

प्रतिक्रिया