
संसद सचिवालयको महासचिवमा पाण्डेयको नाम सिफारिस
काठमाडौं- संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएपछि सचिव उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।
आइतबार साँझ गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए । गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन ।
उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए ।
उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन् ।



कागजपत्र |
