सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १४१० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया