एसीसी यू–१९ एसियाकपः नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित


काठमाडौं – एसीसी यू–१९ एसिया कपमा नेपालले दोस्रो हार ब्यहोरेको छ ।

युएईमा सम्पन्न दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो ।

टस जितेर फिल्डिङ गरेको नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको थियो ।

२६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा १८८ रन बनाउँदा सबै विकेट गुमायो ।

प्रतिक्रिया