करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु


काठमाडौं- नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ ।

विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ उनलाई नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लागेको थियो ।

प्रतिक्रिया