


वडाध्यक्ष परस्त्रीसँग हाेटलमा रंगेहात पक्राउ

सुनसरी: सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम महिलासँग रंगेहात फेला परेका छन् । गौतम परस्त्रीसँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । धरान–१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए ।
वडाध्यक्षले महिलालाई लिएर होटल गएको थाहा पाएका महिलाका श्रीमान् प्रहरी लिएर होटल पुगेकी थिइन् ।
पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाएको छ ।

