नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दर्ता


काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

बस्नेतले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६९१० बमोजिमको कसुर भएको थपलियाले बताए ।

प्रतिक्रिया