शेयर बजार: आज दिनभरकै लागि कारोबारमा ब्रेक


काठमाडौं – आईतबार (आज) दिनभरकै लागि सेयरबजार बन्द भएको छ ।

४० मिनेटपछि खुलेको सेयरबजार २ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरकै लागि कारोबारमा ब्रेक लागेको हो । जहाँ नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३ बिन्दुमा कायम भएको छ ।

आज बजार खुलेको ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । बजार खुलेपछि लागातार ४ प्रतिशतभन्दा बढीले बढेर ५ प्रतिशत पुगेपछि नेप्सेमा पुनः४० मिनेटका लागि ब्रेक लागेको थियो ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

प्रतिक्रिया