

पाकिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात, १६ ओभरमा ४३ रन बनाउँदा गुमायो चौथो विकेट

काठमाडौं – एसीसी यू–१९ एसिया कपमा नेपालले कमजोर सुरुवात गरेको छ ।
बलियो टोलि पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपाल अहिले १६ ओभरमा ४३ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । नेपालका लागि ओपनर अर्जुन कुमाल २१ रन बनाउँदै चौथो विकेटको रुपमा आउट भए ।
त्यसअघि नेपालका कप्तान देव खनाल शुन्य रनमा, तिलक भण्डारी ७ रनमा र आकाश त्रिपाठी ६ रनमा आउट भएका थिए ।
नेपालका लागि अहिले गुल्सन झा र उत्तम थापाले ब्याटिङ गरिरहेका छन् ।

