३ महिनामै नेपाल आए ८ लाखभन्दा बढी पर्यटक


काठमाडौं- नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै पर्यटकको संख्या बढेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिनामा ८ लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् । बाह्य पर्यटनबाट हुने भ्रमण आय उल्लेख्य बढेको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया