


१४ किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखाका चन्द्र घले हुन् ।
सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

