काठमाडौंको आकाशमा तुँवालो, विमानस्थलमा विमान अवतरण र उडानमा समस्या


काठमाडौं – काठमाडौं उपत्यकामा तुँवालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित बनेको छ ।

आज बिहानैदेखि उपत्यकाको मौसम बदली भएको थियो । बिहान केही उडानहरु निर्धारित समयमै भएता पनि पछिल्लो केही समययता भने उडान प्रभावित बनेको छ ।

शारजहाबाट काठमाडौंका लागि आएको विमान काठमाडौंको आकाशमा केही बेर घुमेपछि अहिले अवतरणको तयारीमा हेको छ । त्यस्तै भैरहवाबाट काठमाडौंका लागि आएको जहाज पनि चितवनको आकाशमा केही बेर घुमेपछि अहिले अवतरणको तयारमिा रहेको छ ।

आज देशभरको मौसम बदली हुनुका साथै केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

पोखरामा पनि बिहान तुँवालो लागेको हुनाले बिहानको उडान प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया