अशोकराज सिग्देल सेनाको रथीमा बढुवा


काठमाडौं – नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो ।

बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन् ।

त्यस्तै बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ ।

प्रतिक्रिया