शेयर बजारमा दोहोरो अंकको गिरावट, डेढ अर्बबढीको काराेबार


काठमाडौं– सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साेमबार झिनो अंकले घटेको शेयर बजार मंगलबार भने १०.१० अंकले ओरालो लागेको सेयर बजार १८३७.७१ विन्दुमा आएर बन्द भएको छ ।

आज २९२ कम्पनीका ३८ हजार ५८४ पटक भएको कारोबारमा ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँको कारोबार भएको छ ।

आज ६२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १६१ कम्पनीको ओरालो लागेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।

 

प्रतिक्रिया