जनकपुर उडेको प्रधानमन्त्री सवार जहाज पुन: काठमाडौं फर्किएपछि…


काठमाडौँ – मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ ।

बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।

बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका प्राविधिक दीपेन्द्र कर्णले जानकारी दिए ।

१०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले बताए ।

उक्त फ्लाइटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित ६५ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया