आजियटा एनसेलको पूँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाई आज


काठमाडौं – सर्वोच्च अदालतमा मलेसियन कम्पनी आजियटा एनसेलको पूँजीगत लाभकरसम्वन्धी मुद्दामा आज सुनुवाई हुने भएको छ ।

ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । तर, एनसेल आजियताले सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचिसकेको छ ।

आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो । यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन ।

यदि सर्वोच्चले यसरी माग गरिएको रकम आजियटाले तिर्नुपर्ने फैसला सुनाएमा जटिलता सिर्जना हुन सक्छ । आजियटाले कम्पनी बिक्री गरिसकेको छ । एनसेल खरिद गर्ने स्पेक्ट्रलाइट यूके लिमिटेड नेपालीले नै स्थापना गरेको कम्पनी हो ।

 

प्रतिक्रिया