कीर्तिपुरको फार्मबाट गाई नै चोरी !


काठमाडौं — पछिल्लो समय उपत्यकामा चोरी तथा डकैतीको घटना बढी रहेको बेला गाई नै चोरी भएको छ ।

सामान्य सुन चाँदीका गहना तथा नगद चोरी हुने गरेकोमा पछिल्लोपटक कीर्तिपुमा अनौठो घटना घटेको छ । कीर्तिपुर बजारको पश्चिमतर्फको सल्यानथानमा रहेका भागरथी कृषि फार्मबाट गाईनै चोरी भएको छ । आइतबार राति कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भरतसिंह महताले सञ्चालन गरिरहेको उक्त फार्मबाट कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो ।

गोठमा बाँधिएको गाई चोरी भएको कृषि फार्मका महताले बताए । उनले गाई चोरीबारे प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिई सकेका छन् ।

प्रतिक्रिया