पश्चिम नेपालका केही स्थानमा हिमपात र वर्षा


काठमाडौं- नेपालको पश्चिमका केही क्षेत्रमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार पश्चिमबाट सुरु भएको बदली पूर्वतिर सरिरहेको छ । साँझदेखि मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया