

बाेलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ – जिल्लाको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज३४३७ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा सोही गाडीका चालककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कमल लुंगेलीले जनाए ।
दुर्घटनामा फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन हो ।
ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ।

