

श्रीमतीको हत्याको अभियोगमा बाग्लुङका एक पुरूष पक्राउ

बागलुङ – श्रीमती हत्याको अभियोगमा बाग्लुङबाट एक पुरूष पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ५० वर्षीया सितली शाहीको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाएकोमा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

