नेपाल एयरलाइन्सले अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने


काठमाडौं- नेपाल एयरलाइन्सले अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने भएको छ। आइतबार निगमले विज्ञप्ति जारी गर्दै प्रत्येक आन्तरिक उडानमा
दुई जना अपाङ्गता भएका व्यक्तिलाई उक्त छुट दिने बताएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुकोअन्तर्राष्ट्रिय दिवसको अवसरमा आज उक्त छुटको व्यवस्था गरिएको हो । रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचयपत्र लिएका यात्रुहरूका लागि निगमको हरेक आन्तरिक उडानमा सुरुमा आउनेलाई पहिलो सेवा दिइने आधारमा त्यस किसिमको छुट दिइने विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया