नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकी शिक्षिका मल्लविरुद्ध मुद्दा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिको माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मल्लको एसएलसी सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगमा उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट मल्लको नाममा जारी भएको हाई–स्कूल परीक्षाको प्रमाणपत्र नक्कली भेटिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले शिक्षिका मल्ललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिमाना सजाय गर्न अदालतसँग माग गरेको छ ।

प्रतिक्रिया