काठमाडौंको सुकेधारामा आगलागी


काठमाडौं- काठमाडौंको सुकेधारास्थित एक घरमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको हो ।

उनको घरको भान्सा कोठाबाट आगो सल्किएको उनले बताए । ५ बजेतिर उक्त घरमा आगलागी भएको भन्ने खबर प्रहरीले पाएको थियो । एक घण्टामा उक्त आगलागी नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया