बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश गरिने


काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ ।

खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ । उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ ।

राय बाझिएपछि तेस्रो न्यायाधीश समक्ष मुद्दा पेश गरिने व्यवस्था छ । उच्च अदालत नियमावली २०७३ नियम १२ अनुसार संयुक्त इजलासमा राय बाझिएमा तेस्रो न्यायाधीश समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया