पूर्वगृहमन्त्री खाँणका पिए केसीलाई धरौटीमा छाड्न आदेश, रिजालसँग मागियो १५ लाख धरौटी


काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।

यस्तै पुर्पक्षका लागि थुनामै रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि छाड्न अदालतले आदेश दिएको छ । रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया