नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरु थुनामै रहने, शर्मा १० लाख धरौटीमा रिहा


काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।

उच्च अदालत, पाटनलले आज फैसाला सुनाउँदै रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यस्तै उक्त प्रकरणमा सन्देश शर्मालाई १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । हरिभक्त महर्जनसँग पनि १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।

प्रतिक्रिया