आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका प्रकाशित


काठमाडौं – निर्वाचन आयोगले आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरि प्रकाशित गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ गतेदेखि ऐ. २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ।

राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने पनि आयोगले जनाएको छ ।

स्वीकृत कार्यतालिका अनुसार २०८०/०९/१६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । मिति २०८०/०९/२० गतेदेखि ऐ. २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। त्यस्तै मिति २०८०/१०/११ गते विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालन हुने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए ।

प्रतिक्रिया