

विशेष अदालतको अध्यक्षमा कुँवर

काठमाडौं – सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई तोक्ने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायपरिषद्को सिफारिशमा कुँवरलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।यसअघिका अध्यक्ष रहेका श्रीकान्त पौडेल उच्च अदालत जनकपुरको मुख्य न्यायाधीश बनेका छन् ।
विशेष अदालतको सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठ तोकिएका छन् ।

